You are viewing the translated version of कागजातको अभिलेख राखे.

Section 81
कागजातको अभिलेख राखे
(१) यस ऐन बमोजिम कर बुझाउनुपर्ने दायित्व भएको प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार, ढाँचा, लेखापरीक्षणको प्रमाणीकरण वा अन्य प्रकारले गर्नुपर्ने प्रमाणीकरण तथा प्रमाणित गर्ने कागजातहरुका अतिरिक्त देहाय बमोजिमका आवश्यक कागजातहरु नेपालमा खडा गरी राख्नु पर्नेछः-

(क) यस ऐन बमोजिम विभागमा पेश गर्नुपर्ने आय विवरण वा अन्य कुनै कागजातहरुलाई पुष्ट्याइँ गर्ने आवश्यक सूचना तथा कागजात,

(ख) निजले बुझाउनुपर्ने कर निर्धारण गर्न सघाउ पुच्याउने कागजात,

(ग) खर्च कट्टीलाई पुष्ट्याइँ गर्ने कागजात ।

(२) विभागले लिखित रुपमा सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक यस दफा बमोजिमका कागजातहरु सम्बन्धित आय वर्ष समाप्त भएको मितिले ......... पाँच वर्षको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको कुनै कागजात नेपाली वा अंग्रेजी भाषामा नभएमा विभागले लिखित सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई निजको आफ्नै खर्चमा त्यस्तो कागजातलाई प्रचलित कानून बमोजिम मान्यता प्राप्त अनुवादकबाट नेपाली भाषामा गरिएको अनुवादप्रति पेश गर्न लगाउन सक्नेछ ।

(४) विभागले मापदण्ड र प्रक्रिया तोकी कुनै व्यक्तिले विद्युतीय माध्यमबाट बीजक जारी गर्नर्‌ उपदफा (१) बमोजिम राम्नुपर्ने कागजातहरू विद्युतीय माध्यमबाट राख स्वीकृति दिन सक्नेछ ।